धुलो र धुँवाले निस्सासिए बिरौटावासी, भन्छन्ः –पानी हालिदेउ
पाेखरा | फागुन ४, २०७९
पोखरा: पोखरा महानगरपालिका १७ स्थित विरौटा–छोरेपाटन सडकखण्ड निर्माणाधिन छ, दिनहु कति सवारी आउँछन् जान्छन, सडक खण्डबाट निस्कने धुलो र धुवाबाट विरौटाका स्थानीय आजित छन् ।
हिजोदेखि विरौटा–छोरेपाटन सडकखण्ड धुलो र धुवाले ढाक्न थालेपछि स्थानीयले सडकमा पानी हाल्न माग गर्न थालेका छन् । केहीदिन अगाडी निर्माण कम्पनीले काममा ढिलाईसुस्ती गरेको भन्दै स्थानीयले प्रर्दशन समेत गरेका थिए ।
सडकमा ठेकेदारले हिजोदेखि पानी नहाल्दा सवारी आवतजावत गर्दा धुलोका कारण यात्रामा सास्ती भएको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए ।
सिद्धार्थ राजमार्गसँग जोडिने यो सडकखण्ड निर्माणाधिन रहेको छ । निर्माणाधिन सडकखण्डमा दैनिक पानी हाल्नुपर्ने भएपनि निर्माण कम्पनीले हिजोदेखि पानी नहाल्दा धुलोका कारण प्रदुषण फैलिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

